काठमाडौं । आज तिहार अघिको अन्तिम कारोबार दिन शेयर बजार बढेको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ को विन्दुमा बन्द भएको छ ।
आज ३३६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्वेत गंगाको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मीलसको ११ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै क्रेष्ट मायक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.०८ प्रतिशतका दरले कमाएका हुन् । बेनी हाइड्रोका लगानीकर्ताले ५ .७८ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीले ३.४२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै घोराही सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।




