सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९ औं वार्षिकोत्सव

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज (सोमबार) आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

विहान ७ बजे काठमाडौं महानगरपालिका वडा नं. ४ टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी सुरु गरिएको वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने प्रतिबद्धता जनाइन् । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरे ।

कार्यक्रममा बैंकमा पाँच वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई एक्सेलेन्स अवार्ड वितरण तथा केक कटिङ कार्यक्रम समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *