स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसमा १२.३५९९ बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *