१५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूद्वारा वीर अस्पतालमा प्रदर्शन

काठमाडौँ। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता र श्रमशोषणको अन्त्यलगायतका १५ बुँदे माग राखेका छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘१५ बुँदे माग पुरा गर’, ‘ज्योतिको जीवन बचाउ’, ‘न्यायमा ढिलाई जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोड म्याप’ र ‘नर्स बचाऔँ स्वास्थ्य बचाऔँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *