दशैँ–तिहार लक्षित नयाँ नोट कहिलेसम्म साट्न सकिन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिदैछ। राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ। विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो। नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही गर्न सकिनेछ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा शुरु भएसँगै मानिसहरु लाइनमा बसेर राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरिरहेका छन् ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । बैंकहरुले सटही गर्दा ५ को एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराइरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *