काठमाडौं । सिद्धार्थ बैंकले सस्तो ब्याजदरमा ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना संचालनमा ल्याएको छ।
बैंकले ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ भन्ने नारासहित नारीको नाममा घर जग्गा खरिद गर्न प्रोत्साहन स्वरूप नियमित भन्दा अझै कम गरी १०.७४ प्रतिशत ब्याजदरमा ‘सिद्धार्थ हाम्रो घर कर्जा’ संचालनमा ल्याएको हो। यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको बैंकले जनाएको छ ।
यो योजना सीमित अवधिको लागि मात्र रहने बैंकले जनाएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यान दिएर ल्याएकामध्ये यो योजनाले आफ्नै घर बनाउने सपना पूरा गर्ने विश्वास व्यक्त गरेको छ । यस योजनाअन्तर्गत किफायती र लचिलो आवास ऋणको फाइदा उठाउन जग्गा खरिद गर्न, घर किन्न वा निर्माण गर्न, आफ्नो घर बनाउन र अन्य धेरै कुरा गर्न सक्ने बैंकको दाबी छ ।
कर्जा सुविधाका लागि आवश्यक कागजातहरू
-तस्बिरहरूको २ प्रति
-नागरिकता र/वा राहदानी
-सम्बन्ध प्रमाणपत्र (यदि लागू हो)
-विवाह प्रमाणपत्र (यदि लागू हो)
-कम्तिमा 6 महिनाको बैंक (निक्षेप र ऋण) खाता विवरण
-फर्म/कम्पनी दर्ता प्रमाणपत्र (यदि लागू भएमा)
-PAN/VAT प्रमाणपत्र (लागू भएमा)
-संघको लेख (AOA) र संघको ज्ञापन (MOA) (यदि लागू भएमा)
-साझेदारी पत्र (यदि लागू भएमा)
-व्यक्तिको प्यान प्रमाणपत्र (एनपीआर ५० लाख भन्दा बढी ऋण रकमको लागि)
-स्थान नक्सा (निवास र कार्यालय)
कति चाहिन्छ आय स्रोत ?
-तलब प्रमाणपत्र
-भाडा सम्झौता (यदि लागू भएमा) भाडामा लिने व्यक्तिको पहिचान सहित
-विगत २ आर्थिक वर्षको लेखा परीक्षित वित्तीय (व्यवसाय आयको लागि)
-पेन्सन प्रमाणपत्र (पट्टा)
-रुट परमिट सहितको सवारी साधनको नवीकरण/वैध नीलो पुस्तकको प्रतिलिपि (ट्रान्सपोर्ट व्यवसाय आयको लागि)
-तलब प्रमाणपत्र, श्रम स्वीकृति, भिसा सहितको मान्य राहदानी, पे स्लिप र बैंक खाता विवरण (वैदेशिक रोजगारी आयको लागि)
-भर्खरको कर तिरेको रसिद वा सबै आयको लागि कर क्लियरेन्स प्रमाणपत्र (जहाँ लागू हुन्छ)
यो योजनाका बारेमा विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सक्ने बैंकले जनाएको छन् ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन्काउन्टर सहित), १२३ शाखारहित बैंकिङ्ग सेवा र २२० एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ ।