अग्रिम टिकट खुलेसँगै बसपार्कमा टिकट काट्नेको घुइँचो ( फोटोफिचर )

काठमाडौं । हरेक वर्ष दसैँ, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । दसैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ । अग्रिम टिकट खुलेसँगै बसपार्कमा भिडभाड बढेको छ ।

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । चाडपर्वमा राजधानीबाट लाखौंको सङ्ख्यामा मानिसहरु बाहिरिने गरेका छन् । यसपालि पनि करिब १८ लाख यात्रुले काठमाडौं छोड्ने अनुमान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *