कात्तिक १ गतेबाट अवितरित हकप्रद लिलामीमा ल्याउँदै सिनर्जी पावर

काठमाडौं । सिनर्जी पावर डेलभपमेन्टले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर आउँदो कात्तिक १ गतेबाट लिलामीमा ल्याउने भएको छ।

कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २:१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । त्यस क्रममा बिक्री हुँदा सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

लिलामी राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि हद लाग्ने छैन।

लगानीकर्ता बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा (न्युरोड) तथा गरिमा विकास बैंकको बागलुङ शाखामा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १५ गते बैंकिङ समयसम्म तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *