संविधान दिवसको अवसरमा ६७० जनाको कैद सजाय मिनाहा

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद सजाय मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद सजाय मिनाहा गरेका हुन् ।

मन्त्रिपरिषद्ले २९ भदौमा ६७० कैदीको कैद मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय मिनाहा दिएको हो ।

सजाय माफी–मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *