

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले स्वर्गीय मुकुन्द रिजालको निधनले पार्टीलाई ठुलो क्षति पुगेको भन्दै, उनले छोडेर गएका कामलाई पूरा गर्न मिलेर लाग्नुपर्ने धारणा राखेका छन् ।
मंगलबार नेपाली कांग्रेस क्षेत्र नं ७ का क्षेत्रिय सभापति एवं काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको १३ औँ पुण्यतिथिमा आयोजित कार्यक्रमममा उनले नेता रिजालले राम्रो कामको थालनी गरेको र उनका अपूरा कामलाई पूरा गर्न सबै मिलेर लाग्नुपर्ने बताए ।
उनले भने, ‘त्यस्तो व्यक्ति हाम्रो अगाडि नहुदाखेरी हाम्रो पार्टीका लागि, राष्ट्रका लागि अपूरणिय क्षति भएको मलाई मात्र होइन सबैलाई लागेको छ । उहाँ आज हामी माझ हुनुहुन्न तर उहाँले छोडेर गएका काम हामी सबैले मिलेर पूरा गर्नुपर्दछ । ’
रिजालको निधनले पार्टीलाई ठूलो क्षति भएको बताएका उनले सबै मिलेर रिजालले छोडेर गएका अपूरा कामलाई पूर्णता दिने धारणा राखे ।

अर्थ सन्जाल