मेट लाइफ इन्स्योरेन्सद्वारा ‘वान बाई मेटलाइफ’ एप सार्वजनिक

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट जीवन बीमा गर्न सकिने गरी कम्पनीले ‘ओएनई (वान) बाई मेटलाइफ’ नामक मोबाइल एप सार्वजनिक गरेको हो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडलेको उपस्थितिमा उक्त एप लन्च गरिएको हो। अध्यक्ष सिलवालले रिमोटमार्फत ‘वान बाई मेटलाइफ’ एप सार्वजनिक गरेका हुन्।

‘बिल्डिङ अ मोर कन्फिडेन्ट फ्युचर’ स्लोगनबाट सार्वजनिक गरिएको उक्त मोबाइल एपले ३६० स्वास्थ्य सेवा, जसमा गम्भीर खालका रोगहरु रोक्नका दागि दैनिक रुपमा स्वास्थ्य व्यवस्थापन गर्न मद्दत गर्दछ। त्यस्तै, इन्स्योरेन्स सेवाअन्तर्गत डिजिटल रुपमा पोलिसीहरु व्यवस्थापन गर्न र बीमित तथा ग्राहकले सहजै एपमार्फत बीमासम्बन्धी सम्पूर्ण सेवाहरु लिन सक्ने कम्पनीले जनाएको छ।

बीमित, अभिकर्ता र अन्य सेवाग्राहीलाई एकैठाउँबाट बीमासम्बन्धी सेवा लिन सक्ने गरी उक्त एप लन्च गरिएको कम्पनीले जनाएको छ। उक्त एपमार्फत बीमालेख खरिद गर्न, चिकित्सकीय परामर्श, घरै बसेर ल्याब टेस्ट, एम्बुलेन्स बोलाउन र लाइफ कार्ड सुविधा रहेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले ‘वान बाई मेटलाइफ’ एपमार्फत बीमितलाई चौबीसै घन्टा सेवा प्रदान गर्ने बताए। ‘सूचना प्रविधिको अधिकतम प्रयोगबाट बीमितलाई जुनसुकै बेला पनि सेवा प्रदान गर्ने उद्देश्यले यो एप लन्च गरेको हौँ’, श्रेष्ठले भने, ‘बीमित तथा ग्राहकले यो एपमार्फत विभिन्न प्रकारका रोग परीक्षणलगायत चिकित्सकको समेत परामर्श लिन सक्नेछन्।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *