तिहारपछि सेयर किन्दा पनि १७ कम्पनीको लाभांश पाइने, कसको कति ?

काठमाडौं । तिहारपछि पनि सेयर खरिद गरेर लाभांश प्राप्त गर्न सकिने १७ वटा सूचीकृत कम्पनी रहेका छन् । ती कम्पनीले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसके पनि हालसम्म बुक क्लोज मिति तय गरेका छैनन् ।

कम्पनीहरूले लाभांश घोषणा गरेपछि साधारणसभा तथा बुक क्लोज मिति निर्धारण गर्ने प्रचलन छ । बुक क्लोज मितिभन्दा अगाडि सेयर खरिद गरी कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश घोषणा गरिसकेका तर बुक क्लोज मिति तय नगरेका कम्पनीमध्ये तीनवटा वाणिज्य बैंक, दुईवटा विकास बैंक, एउटा उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी, छवटा जलविद्युत् कम्पनी र पाँचवटा लघुवित्त संस्था रहेका छन् ।

यी कम्पनीमध्ये केहीले बोनस सेयर, केहीले नगद लाभांश र केहीले बोनस तथा नगद दुवै लाभांश दिने घोषणा गरेका छन् ।

सामान्यतया नगद लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनीको बैंक खातामा जम्मा गरिन्छ । एक प्रतिशतभन्दा कम नगद लाभांश घोषणा गरेका कतिपय कम्पनीमा यस्तो रकम बोनस सेयरको कर प्रयोजनका लागि मात्र छुट्याइएको हुन्छ ।

बोनस सेयर भने नगद लाभांशको तुलनामा केही ढिलो सेयरधनीको डिम्याट खातामा जम्मा हुन्छ । कम्पनीले बोनस सेयर वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डमा दर्ता गरेपछि मात्रै सेयरधनीको खातामा जम्मा गर्ने प्रक्रिया अघि बढ्छ ।

बोनस सेयर वितरण हुँदा कम्पनीको चुक्ता पुँजी र सेयर संख्या बढ्ने भएकाले बुक क्लोजको दिन सेयर मूल्य पनि बोनस अनुपातअनुसार समायोजन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *