काठमाडौं । मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’मा रौनकता देखिएको छ । ३ वर्षपछि भएको अटो शोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको सहभागिता रहेको छ ।
उक्त प्रदर्शनीमा कतिपय ग्राहकहरु सवारी साधानको बारेमा बुझिरहेको छन् । कतिपय ग्राहकहरु खरिदका लागि बुकिङ्ग पनि गरिरहेका छन्। यसवर्ष विद्युतीय सवारीमा ग्राहकहरुको आकर्षण बढी देखिन्छ ।
भदौ ३१ गतेसम्म संचालनमा रहने उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा बाण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेन्ट, टायर, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
‘नाडा अटो शो’बाट २० अर्ब हाराहारीको कारोबार गर्ने लक्ष्य राखेको छ । लक्ष्यमा सजिलै पुग्न सकिने आयोजक नाडा अटोमोबाइल्स एशोसियसनका अध्यक्ष धुब्र थापाले जानकारी दिए । मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । ‘नाडा अटो शो’ले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
खकेन्द्र बहादुर बुढा