काठमाडाैं । सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।
बैंकले १७.७ प्रतिशत भन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता भएपनि १४.७ प्रतिशत मात्रै लाभांश दिने भएको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्ने निर्णय बैंकले गरेको छ।







