काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज (भदौ २८, बिहीबार) बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले बिहिबार दिउँसो २ बजे सेयर बाँडफाँट गर्ने भएको हो।
सीडीएससीका अनुसार यस आइपिओमा कुल १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा १.८७ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेकोले यस आइपिओ पनि गोलाप्रथा मार्फत बाँडफाँट गरिनेछ । जसअनुसार ९ लाख जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाउनेछन् ।
कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।
इन्स्योरेन्सले जारी पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसअनुसार कम्पनीले कुल निष्काशनको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुलाई र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको थियो । बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरेको थियो
अर्थ सन्जाल