सिटिजन्स क्यापिटलले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं। सिटिजन्स क्यापिटलले आफ्नो सत्रौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा ललितपुरको झम्सिखेलस्थित द लअन बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) विरतण गर्ने प्रस्ताव पारित गर्नेछ। जसअनुसार कम्पनीले सेयरधनीहरुलाई २ करोड ४० लाख रुपैयाँ नगद लाभांश बाँड्नेछ।

सभाले कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *