एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडाैं। एभरेष्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।

आज(बुधबार) साँझ बसेको बैंकको सञ्चालक समितिको ३५७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको हो ।

जसमध्ये बोनस सेयरमा लाग्ने करसहित १०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको छ।

अघिल्लो वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *