अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा

  • अर्थ सन्जाल
  • २७ भाद्र २०८०, बुधबार १७:५३


देउखुरी । लहरै रोपिएका सयपत्री फूलका बिरुवा कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद ।वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । भास्करसँगै व्यवसायमा जोडिनुभएका प्राविधिक सहायक दशरथले फूल खेतीको प्रविधिक पक्ष हेर्ने गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लाग्नुभएका दशरथले फूल खेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गरेका छन् ।

कपिलवस्तुमा पाँच वर्षपहिले देखि फूल खेती गरिसकेका भास्कर र दशरथले दुई वर्षअघि देखि दाङमा व्यावसायिक फूल खेती विस्तार गरेका छन् । दाङको घोराही–१५ भरतपुरमा १७ कट्ठा र घोराही–१२ शिवपुरमा १३ कट्ठा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक फूल खेती गरेका छन् ।

गत वर्ष तिहारको समयमा फूलमात्रै १३ लाखको बिक्री गरेको दशरथले बताए । तिहारभन्दा पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पोर्ट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै याममा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

गत वर्ष कर्मा पाँच सय ५५ जातको सयपत्री फूल खेती गरेका थिए भने यसपालि ‘कर्मा त्रिपल एक ओरेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् । एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखेको दशरथले बताए । सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए ।

उनले भने, “यसपालि दुई लाख बिरुवा बेर्ना बिक्री भैसक्यो, बिरुवाको जात हेरेर दुईदेखि ५० सम्ममा बिक्री हुने गरेको छ, बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ ।” कपिलवस्तुमा पहिलेदेखि नै फूल खेती भइरहेको तथा यस वर्षदेखि कोहलपुर र कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए । युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्करको भनाइ छ ।

बेरोजगार युवाहरूलाई कृषिमा जोड्ने उद्देश्यले उक्त फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनी बताउछन् । यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेकाले उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने उनको धारणा छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न जिल्लामा क्षेत्र विस्तारको योजना रहेको भास्करले बताए ।

Artha Sanjal
मिती : २७ भाद्र २०८०, बुधबार १७:५३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.