

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-२ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबारदेखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा LVF II नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।
कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल