

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सांसद सुमना श्रेष्ठले श्रद्धाञ्जली दिए । अहिले नेताहरू आउने क्रम जारी छ ।
घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तस्बिरहरू:–

अर्थ सन्जाल