काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी–४, बसाहास्थित जाल्पा जन माध्यमिक विद्यालय (०–१०) अजिंगरेलाई स्मार्ट डिजिटल बोर्ड सहयोग स्वरूप प्रदान गरेको छ।
विद्यार्थीहरूको पठनपाठनलाई थप सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले उक्त सामग्री उपलब्ध गराएको हो।
हाल २२२ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका लहान सर्कल हेड लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार ओझालाई उक्त स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरे।
यस प्रकारको आधुनिक प्रविधि सहयोगले विद्यार्थीहरूको दैनिक सिकाइ क्रियाकलापमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न थप मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।




