‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्ष २०७९/८० का लागि इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको हो ।

योजना व्यवस्थापक प्रभु क्यापिटलको सोमबार बेलुका बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने पछि तोकिने क्यापिटलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *