

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सेयरधनीको हात रित्तो बनाएको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।
भदौ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ।
एलआईसी नेपालले आर्थिक वर्ष २०७७–७८मा पनि लाभांश वितरण गरेको थिएन।
Artha Sanjal

अर्थ सन्जाल