काठमाडौं । झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’ बाट ‘एक भगत, एक गीता’को नामबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको तयारीमा रहेका बेला विवादीत बनेको यो चलचित्र नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति आइतबार भएको छ ।
एक भगवत् गीता नाममा बनाइएको चलचित्र धार्मिक भनिएको थियो । तर धार्मिक ग्रन्थ गीताको नाम जोडेर राखिएको चलचित्रको कथावस्तु भने फरक रहेको भन्दै धार्मिक संघसंस्था तथा सरोकारवालाले प्रदर्शन नै रोक्ने चेतावनी दिँदै आएको थिए ।
आइतबार विवाद समाधानार्थ सरस्वतिनरस्थिति चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय छलफलले नाम परिर्वतन गरेर चलचित्र प्रदर्शनका लागि बाटो खुलाउने निर्णय गरेको हो । नाम परिवर्तनसँगै अब यो सामाजिक चलचित्रका रुपमा प्रदर्शनमा आउने छ ।




