गाईगोरु बध गर्न र खान पाउने कानुन बनाउन माओवादी सांसद दुर्गा राईकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाईगोरु बध गर्न र खान पाउने कानुन बनाउन माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन् ।

सांसद राइले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताउँदै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाईगोरु बध गर्न र खान पाउने कानुन बनाउन माग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *