नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडाैं। सेयर बजार बुधबार  बन्द हुने भएको छ। सरकारले आज भदौ २० गते बुधबार  श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द रहने भएको हाे।

सार्वजनिक बिदा दिन सार्वजनिक संघ–संस्था तथा निजी कार्यालयहरु पनि बन्द रहने भएकोले नेप्से पनि आज खुल्ने छैन। यही कारण आज सेयर कारोबार पनि हुने छैन।

सेयर बजार हिजो मंगलबार ६.४५ अंकले घटेर १९६१.३७ को विन्दुमा बन्द भएको थियो। अब भोलि बिहीबार सोही विन्दुबाट सेयर बजार खुल्नेछ। आज श्रीकृष्ण जन्माष्टमी देशभर भगवान श्रीकृष्णको पूजाआज गरी मनाइँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *