यस्तो छ सर्वाधिक लाभांश बाँड्न सक्ने क्षमता बनाएको एभरेष्ट बैंकको लाभांश इतिहास

काठमाडौं । यस वर्ष लगानीकर्ताहरुको ध्यान एभरेष्ट बैंकतर्फ खिचिएको छ । वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक लाभांश क्षमता बनाएको यो बैंकप्रति अधिकांशको ध्यान खिचिएको हो ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा ४० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनेको देखिन्छ ।  लगानीकर्ताको हात खाली नबनाउने बैंकले आर्थिक वर्ष २०७२/७३ मा सर्वाधिक ७३.६७५ प्रतिशत लाभांश (७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे । सबैभन्दा कम आर्थिक वर्ष २०७७/७८ बाट १०.३२ प्रतिशत मात्र वितरण गरेको थियो ।

बैंकले १३ वर्षको अवधिमा सेयरधनीहरुलाई २४९ प्रतिशत बोनस सेयर र २४६.२२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

यस्ताे छ एभरेष्ट बैंक लिमिटेड​​को १३ वर्षे लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६७ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ३० प्रतिशत नगद गरि कुल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६७/६८ : सो आर्थिक वर्षका लागि एभरेष्टले १० प्रतिशत बोनस सेयर र ५०.५३ प्रतिशत नगद लाभांश गरी कुल ६०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७६/७७ : सो आर्थिक वर्ष  बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

१२. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा एभरेष्ट बैंकले सबैभन्दा कम लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३. आर्थिक वर्ष २०७८/७९ : उक्त आर्थिक वर्षका लागि बैंकले कुल २०.६८ प्रतिशत (१३ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर समेत ७.६८ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो ।

यो वर्ष पनि बैंकको लाभांश क्षमता अब्बल देखिएको छ । त्यसैको बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।

हाल बैंकको सेयर हाल बैंकको सेयर प्रतिकित्ता ६ सय २ रुपैयाँमा कारोबार भइरहेको छ । यो बैंकको सेयर मूल्य वाणिज्य बैंकहरु मध्येकै उत्कृष्ट दोस्रो नम्बरमा छ । लाभांश सिजन सुरु भइसकेकाले लगानीकर्ता हरु बैंकको लाभांशको व्यग्र प्रतिक्षामा छन् ।

बैंकले क्षमता अनुसारकै लाभांश भने वितरण नगर्न सक्छ । बैंकले लाभांश वितरण गर्नको राष्ट्र बैंकको एप्रुभल लिनुपर्छ । राष्ट्र बैंकबाट स्वीकृत भएको अनुपातमा लाभांश वितरण हुने बैंक स्रोतले जनाएको छ ।

कस्तो छ वित्तीय अवस्था ?

गत आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकको नाफा ३६.८५ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ३६.५१ प्रतिशतले बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा रहेको छ ।

एभरेष्ट बैंकले १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एबिबिएस सिस्टमबाट देशैभरीका स्थानबाट ग्राहकमैत्री सेवा प्रवाह गर्दै आएको छ ।

बैंकको नेपालभरी रहेका १२७ वटा शाखाहरू, १ सय ६२ वटा एटिएम बुथहरू, र ३२ वटा राजस्व संकलन र ३ विस्तारित काउन्टरले सेवाग्राहीलाई अत्यन्त सक्षम कार्यक्षमताका साथ जुनसुकै स्थानमा जुनसुकै बेला सेवाप्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *