

काठमाडौं । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज (सोमबार) झिनो अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७ अंकले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको छ ।
यस दिन ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ परिसूचक पनि १.०९ प्रतिशतले बढेर ३७७.७१ बिन्दुमा उक्लिएको छ ।
सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै आज १२ उपसूचक बढेको छ भने ट्रेडिङ उपसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ । आज एकमात्र फाइनान्स उपसूचक ०.०२ प्रतिशतले घटेको छ ।
नेप्सेमा झिनो अंकको सुधार आँउदा आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन सो कम्पनीको ५ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यसैगरी, शिवम सिमेन्टस्, नबिल बैंक, सोल्टि होटल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, र हिमालयन लाइफको सर्वाधिक सेयर खरिदबिक्री भएको छ।
त्यसैगरी थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । दोल्ती पावर, ग्रीन भेन्चर्स रुरु जलविद्युत, आशा लघुवित्त लगायत कम्पनीको सेयर मूल्य पनि पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।
आज लेवर्टी एनर्जी कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । दोस्रोमा कुमारी धनवृद्धिको ७.७८, सिक्लेस हाइड्रोपावरको ६.१० प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै, आज आरबीबी म्युचुअल फन्ड, ग्लोबल आर्ईएमई ब्यालेन्स्ड फन्ड १ लगायतका कम्पनीको सेयरमुल्य सर्वाधिक घटेको छ ।

अर्थ सन्जाल