अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

चीनले जारी गरेको नयाँ नक्साप्रति भारतको कडा विरोध

  • अर्थ सन्जाल
  • १३ भाद्र २०८०, बुधबार १३:०८


काठमाडौं । नयाँ दिल्लीले आफ्नो भूभाग चीनको भएको दाबी गर्ने नयाँ नक्सालाई लिएर कडा विरोध जनाएको छ । चीनले जारी गरेको नयाँ नक्साले भारतीय राज्य अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चीनको भूभागमा रहेको देखाइएको भन्दै भारतले कडा कूटनीतिक विरोध गरेको हो ।

बेजिङले भारतको अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई आधिकारिक चिनियाँ क्षेत्र देखाउँदै जारी गरेको आधिकारिक नक्साका विषयमा भारतीय सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि नयाँ दिल्लीले विरोध जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् – हामीले आज चीनको तथाकथित २०२३ को नक्साप्रति चिनियाँ पक्षसँग कूटनीतिक च्यानलमार्फत कडा विरोध दर्ता गराएका छौं । ‘हामी ती दाबीहरूलाई अस्वीकार गर्छौं किनभने तिनीहरूको कुनै आधार छैन । चिनियाँ पक्षको यस्तो कदमले सीमा क्षेत्रमा देखिएका प्रश्नहरूको समाधानलाई जटिल तुल्याएको छ,’ बागचीले भनेका छन् ।

बेजिङको सरकारी स्वाभित्वको ग्लोबल टाइम्स पत्रिकाले जारी गरेको नक्सामा दुई क्षेत्र भारतको रहेको नयाँ दिल्लीले जनाएको छ । एउटा भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश थियो, जसलाई चीनले तिब्बतको हिस्सा मान्दछ, जहाँ दुई देशले सन् १९६२ मा सीमा युद्ध लडेका थिए । दोस्रो थियो, अक्साई चीन, जुन तिब्बतलाई पश्चिम चीनसँग जोड्ने उच्च रणनीतिक करिडोर हो ।

चीनले पूर्वी हिमालय रहेको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा भएको दाबी गरेको छ । गत अप्रिलमा राज्यका ११ स्थानलाई चिनियाँ भाषामा जांगनानू वा दक्षिणी तिब्बत भित्र रहेको दाबी गर्दै नक्सा जारी गरिएको थियो । भारतले आफ्नो दाबी गरेको अक्साई चीन, पश्चिमी हिमालयको पठार चीनको नियन्त्रणमा रहेको छ ।

यसअघि भारतका विदेशमन्त्री एस जयशंकरले चीनको क्षेत्रीय दाबीलाई खारेज गरेका थिए । उनले एनडीटीभीमार्फत भनेका छन् –बेतुकमा भारतको भूभाग दाबी गर्दैमा यसलाई चीनको बनाउँदैन ।
सन् २०२० को जुनमा हिमालयमा दुवै पक्षका सैनिकहरूबीच झडप हुँदा २० भातरीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि दुई एसियाली छिमेकीको सम्बन्ध चिसिएको थियो ।

सन् २०२० भएको हिंसापछि चीन र भारतबीचको सीमा क्षेत्र शान्त रहँदै आएको छ । तर, नियन्त्रण रेखाका पश्चिम हिमालय सीममा दुवै देशका दसौं हजार सैनिकहरू जम्मा भएका छन् ।

गत साता जोहानेस वर्गमा भएको ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच विवादित हिमालय सीमाबारे चिन्ता व्यक्त गरेपछि नयाँ दिल्लीले सो नक्साको विरोध गरेको हो ।

बेजिङले उक्त बैठकलाई स्पष्ट र गहिरो विचार विमर्श भनेको थियो भने भारतीय प्रधानमन्त्री मोदीले सम्मानपूर्वक र निरीक्षणमा विशेष जोड दिएका थिए । मोदी सरकारले विवादित क्षेत्रमा नागरिक उपस्थितीलाई बढवा दिन र नयाँ अर्धसैनिक बटालियनहरू स्थापना गर्नका लागि सीमा अरबौं डलर खर्च गरेको छ ।

Artha Sanjal
मिती : १३ भाद्र २०८०, बुधबार १३:०८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: नेतादेखि सहकारीका संचालकसम्म

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल, कृतिम मूल्य वृद्वि गरेकाे आराेप

ताजा समाचार

  1. अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: नेतादेखि सहकारीका संचालकसम्म
  2. कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने
  3. बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन
  4. ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल, कृतिम मूल्य वृद्वि गरेकाे आराेप
  5. सुन्दरीजलदेखि धाम ड्यामसम्म यात्रा गर्दा
  6. सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर सकारात्मक
  7. राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

विजनेश फोकस

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: न...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

मन्दीको प्रभाव : दशैँ नजिकिए पनि न्यूरोड सुनसान...

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.