

काठमाडौं । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले पटक–पटक आग्रह गर्दा पनि टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि लागू गर्न नमानेको अजिअटा कम्पनी एनसेलको आम्दानी निरन्तर घट्दो क्रममा देखिएको छ । आफ्नो आम्दानी केही वर्षयता निरन्तर ओरालो लागेको विवरण एनसेलले सार्वजनिक गर्दै आएको छ ।
सेवा प्रदायकले आन्तरिक रुपमा गर्न सक्ने गडबडीलाई नियमन गर्न तथा सेवाको गुणस्तर जाँच्न भन्दै प्राधिकरणले अर्बौं खर्चेर भित्र्याएको टेरामक्स लागू गर्न नमान्नू र आम्दानी निरन्तर घट्नुले एनसेलको नियतमाथि प्रश्न उठेको छ ।
एनसेलको आम्दानी निरन्तर घटेको केही वर्ष यताको आँकडाले देखाउँछ । आर्थिक वर्ष २०७४/७५ मा ५९ अर्ब ६९ करोड आम्दानी गरेको एनसेलको आम्दानी आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा ह्वात्तै २० अर्बभन्दा बढीले घटेको देखिन्छ । २०७८/७९ मा जम्मा ३९ अर्ब ५० करोड आम्दानी भएको देखाएको छ । २० अर्ब १९ करोड कम आम्दानी देखाएको एनसेलको ग्राहक संख्या भने यो अवधिमा ह्वात्तै बढेको छ ।
२०७४/७५ मा १ करोड ६३ लाख रहेको ग्राहकसंख्या २०७८/७९ मा १ करोड ७१ लाख पुगेको छ । ग्राहक संख्या बढ्ने, प्रयोग दर बढ्ने तर आम्दानी अर्बौं घट्नुले एनसेलको आन्तरिक गडबडी स्पष्ट देखाउँछ । फोरजी सेवा विस्तार गरेपछि आम्दानी बढ्नुपर्नेमा हरेक वर्ष ५ देखि १० अर्बका दरले निरन्तर कसरी घट्छ ? एनसेलसामू प्रश्न छ ।
अझ अचम्मको कुरा के छ भने एनसेलकाे आम्दानी नेपालमा मात्र घटेको हाे । विश्वका अन्य विभिन्न देशमा पनि अजिअटा एनसेलले दुरसञ्चार सेवा दिँदै आएको छ । तर ती देशहरूमा उसको आम्दानीको ग्राफ हरेक वर्ष बढ्दो छ ।
इन्डोनेशियामा सन् २०१७ मा २२.९ ट्रिलियन आम्दानी गरेको यस कम्पनीले २०२१ मा आउँदा २६.८ ट्रिलियन आम्दानी गरेको छ । श्रीलंकामा सन् २०१७ मा ९४.२ बिलियन आम्दानी गरेको अजिअटाले २०२१ सम्म आउँदा १४१.९ बिलियन आम्दानी गर्यो । अझ अचम्मको कुरा के छ भने एनसेलकाे आम्दानी नेपालमा मात्र घटेको हाे । विश्वका अन्य विभिन्न देशमा पनि अजिअटा एनसेलले दुरसञ्चार सेवा दिँदै आएको छ । तर ती देशहरूमा उसको आम्दानीको ग्राफ हरेक वर्ष बढ्दो छ ।
बङ्गलादेशमा सन् २०१७ मा ६८.३ बिलियन आम्दानी गरेको अजियटाले २०२१ मा आउँदा ८१.४ बिलियन आम्दानी ग¥यो भने कम्बोडियामा सन् २०१७ मा २६८.२ मिलियन आम्दानी गरेको अजियटाले २०२१ मा आउँदा ३४९.६ मिलियन आम्दानी गर्यो । तर नेपालमा भने अजियटाको एनसेलले २०१७ मा ५८.१ बिलियन आम्दानी गरेकोमा २०२१ मा आउँदा ४१.५ बिलियन मात्र आम्दानी देखाएको छ ।
एनटीसीको आम्दानीमा पनि कुनै वर्ष ह्वात्तै गिरावट आएकाे देखिन्छ । प्राधिकरणको तथ्याङ्कनुसार समग्रमा टेलिकम क्षेत्रको राजस्व निरन्तर घट्दो क्रममै छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७८/७९ मा टेलिकम क्षेत्रको कारोबार रु २१ अर्बले घटेको छ । आव २०७४/७५ मा रु ९८ अर्ब ६८ करोडको कारोबार भएकामा आव २०७८/७९ मा आइपुग्दा कारोबार रकम रु ७७ अर्ब पाँच करोडमा सीमित भएको छ । त्यसैगरी आव २०७५/७६ मा एक करोड ४५ लाख ग्राहक रहेकामा आव २०७८/७९ मा आपुग्दा यो सङ्ख्या बढेर दुई करोड ७१ लाख पुगेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कल बाइपासबाट मात्रै २०६८ देखि २०७६ सालसम्म रु १२ अर्बभन्दा बढी राज्यको आम्दानी गुमेको छ । त्यसकारण यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान र अतिआवश्यक रहेको प्राधिकरणको भनाइ छ ।
तर दूरसंचार सेवा प्रदयाक दुवै कम्पनी एनटीसी र एनसेलले टेरामक्स प्रणाली लागू गर्न अस्वीकार गर्दै आएका छन् । यद्यपि यिनीहरुले उपभोक्ताको गोपनीयतामा पहुँच खोजिएको र आमउपभोक्ताको गोपनीयता कायम राख्न आफूरूले टेरामक्स प्रविधि कार्यान्वयन गर्न अस्वीकार गरेको तर्क गर्दै आएका छन् ।

अर्थ सन्जाल