गौहत्याका आरोपीलाई पक्राउ गरी मुद्दा चलाउने तयारी

काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडियो पोस्ट गर्नेहरुमाथिको संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको र घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिय युट्युबमा अपलोड भएपछि विवाद उब्जिएको थियो । यो विषयले अहिले सामाजिक सञ्जाल निकै तातेको छ ।

नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ । तर, खुलेआम गाइगोरु काटेर सामाजिक सञ्जालमा प्रचारप्रसार समेत गर्नेहरूमाथि कारबाही नगरेको भनेर सरकार र प्रशासनको आलोचना भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *