काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदैछ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दाको पेसी चढेको छ ।
फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै आएको थियो । पछिल्लो पटक न्यायाधीशले आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए ।
पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । पटक पटक पेशी सर्दै आएको मुद्दाका कारण सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि पाकिस्तान जान पाएका छैनन् ।
उनको पक्षमा फैसलामा आएमा उनी एसिया कपका लागि जाने तयारीमा रहेका बुझिएको छ ।







