सानिमा बैंक र दराजबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ।

ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ।

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी इएमआइ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

उक्त छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुरू गरी सक्नुपर्ने हुन्छ। बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *