काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट भदौ ५ गते यस कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ।
कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १,२,३,४ र पोखरा महानगरपालिकाको वडा नं. १९ का स्थानिय बासिन्दाका लागि जारी गर्नेछ।
२५ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धन गर्दै आएको कम्पनीमा एचआईडीसीएल, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्सुरेन्स लगायत करिब १ हजार ५०० जना संस्थापक सेयर सदस्यहरुको लगानी रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।







