काठमाडौं महानगरले खारेज गर्‍यो नियमअनुसार काम नगर्ने दुई सहकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमअनुसार काम नगर्ने २ वटा सहकारीलाई खारेज गरेको छ । महानगरअन्तर्गतको सहकारी विभागको साउन १६ गतेको निर्णयअनुसार २ सहकारी खारेज गरिएको महानगरले जानकारी दिएको छ ।

खारेजीमा पर्ने सहकारीमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

२०६६/६७ मा दर्ता भएको ज्येष्ठ कामनपा ५ मा र २०६५/६६ मा दर्ता भएको सुकस कामनपा ७ मा थियो । महानगरपालिकाले काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६६ को उपदफा १ बमोजिम खारेज गरेको जनाएको छ।

ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *