अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

डिजिटल बैंकिङको प्रयोग बढ्दो : एक वर्षमा साढे ३० लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

  • अर्थ सन्जाल
  • ३ भाद्र २०८०, आईतवार १३:२१


काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रणालीबाट हुने कारोबार आक्रामक रुपले बढ्न थालेको हो ।

राष्ट्र बैंकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नाघेको छ । असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख ७ हजार २५५ मात्र थियो एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाख ५६ हजार बढी अर्थात् १६.६९ प्रतिशतले बढेको हो ।

गत जेठ अन्त्यसम्मको तुलनामा असार अन्त्यसम्म यस्तो प्रयोगकर्ता झन्डै ३ लाख बढेका छन् । जेठ अन्त्यसम्म २ करोड १० लाख ९१ हजार जना मोबाइल बैंकिङको पहुँचमा जोडिएका थिए ।

एक वर्षको अवधिमा मोबाइल बैंकिङबाट २ करोड ८९ लाख ३ हजार ८७२ वटा कारोबार भएका छन् । अघिल्लो वर्षको सो अवधिसम्म यस्तो कारोबार २ करोड ५ लाख ६४ हजार ३०८ वटा थियो ।

यो अवधिमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ बढीको भुक्तानी भएको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बढीको भएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि १८ लाख ५६ हजार १९५ पुगेको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ८४ हजार ३१० रहेको थियो।

यसैगरी गत आर्थिक वर्षको असार मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत १५ अर्ब ५० करोड रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यस्तो भुक्तानी १५ अर्ब ६३ करोड रुपैयाँ बढीको भएको थियो।

वालेट प्रयोगकर्ताको संख्या एक करोड ८९ लाख ४१ हजार नाघेको छ । एक वर्षको अवधिमा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो वर्षको असार अन्त्यसम्म वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ थियो भने यसमार्फत १७ अर्ब ७५ करोड भुक्तानी भएको थियो ।

डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । असार मसान्तसम्म डेबिट कार्डको संख्या एक करोड २२ लाख ४५ हजार नाघेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ८३ हजार ७७२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रयोगकर्ता क्रमशः एक करोड ८ लाख ५६ हजार र २ लकः ३८ हजार ७७२ थिए ।

गत आर्थिक वर्षमा डेबिट कार्डमार्फत ९० अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ भने क्रेडिट कार्ड मार्फत १ अर्ब ८३ करोड रुपैयाँको कारोवार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 

Artha Sanjal
मिती : ३ भाद्र २०८०, आईतवार १३:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.