काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजारमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ को विन्दुमा कायम भएको छ ।
आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ११ .७७ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.४० प्रतिशतका दरले गुमाएका हुन् ।




