अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

काठमाडौं महानगरकाे सहरी योजना आयाेगकाे उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारी नियुक्त

  • अर्थ सन्जाल
  • ३२ श्रावण २०८०, बिहीबार २०:०१


काठमाडाैं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारी नियुक्त भएका छन् । आज बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राजभण्डारीलाई नियुक्त गरिएको हो । डा. राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । उनले स्नातकोत्तर पुल्चोक इन्जिनियरिङ् कलेजबाट गरेका हुन् ।

नेपाल इन्जिनियरिङ् कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका राजभण्डारीसँग बिमानस्थल, ठूला भवन, पुललगायत ठूला परियोजनाहरुको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन निर्माण, स्ट्रक्चरल डिजाइन, सामाजिक तथा जलविज्ञान अध्ययन, डिटेल इन्जिनियरिङ सर्भे, आर्किटक्टलगायतका प्राविधिक क्षेत्रमा काम गरेकाे अनुभव छ ।

गौतम बुद्ध विमानस्थल निर्माणमा परियोजना प्रबन्धक भएर डिजाइन, विश्लेषण, पुनरावलोकन र अनुगमन निरीक्षकको काम गरेका थिए । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको डिजाइन, समीक्षा (रिभ्यु), सुपरीवेक्षणमा उनी थिए । लोकसेवा आयोग केन्द्रीय कार्यालयको निर्माण निरीक्षणका (कन्स्ट्रसन सुपरभाइज) लागि परामर्श सेवा, मनमोहन शिक्षण विश्वविद्यालय भवनको गुरुयोजना निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, स्ट्रक्चरल डिजाइन, आर्किटेकलगायतका ठूला भवन निर्माणमा कामको अनुभव छ ।

सिंहदरवार मूल भवन, पार्क भ्यु होराइजन अपार्टमेन्ट लगायत विभिन्न भवनहरूको भूकम्पीय सवलीकरण (रेट्रो फिटिङ्) का लागि काम गर्नुभएको उनको प्राविधिक दक्षता वीरेन्द्र नगरको बसपार्क, चतरा कोशी पुल निर्माणमा प्रयोग भएको छ । त्यस्तै तेङ्ग्रा खोला पुल, सेहारा खोला पुल, सुनसरी खोला पुल, करम खोला पुल, कामदेही नदी पुल, बन्टुवा खोला पुललगायतका पुलहरूको सम्भाव्यता अध्ययन र डिटेल इन्जिनियरिङ सर्भे गर्दा उहाँले सामाजिक र जलविज्ञान अध्ययनको अनुभव लिएका छन् ।

आयोगमा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधन जस्ता क्षेत्रको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष र सदस्यहरु नियुक्त गर्न सकिने व्यवस्था छ । सहरी बिकास तथा सहरी योजना, कानून, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तरराष्ट्रिय मामिलाजस्ता क्षेत्रलाई आधार मानेर त्यस क्षेत्रमा योगदान दिन सक्ने विज्ञलाई नियुक्त गर्न सकिन्छ ।

सन्तुलित बिकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोगले काम गर्नेछ ।

Artha Sanjal
मिती : ३२ श्रावण २०८०, बिहीबार २०:०१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.