काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना विजेता छनोट भएका छन्।
आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोट भएका १५ जना विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
विभागले उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा लिएको बिलका आधारमा दैनिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




