जगमान गुरुङ भन्छन् ,- ‘नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छ’

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित थाइल्यान्डमा नेपालीहरूको इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए ।

उनले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभई नेपालका विविध समुदायबिचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउन सक्ने उल्लेख गरे । उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्यान्ड पुनः सबै किसिमबाट समान हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *