काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन् ।
कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ । संस्थागततर्फ भने ८.८९६ प्रतिशत ब्याज दिने भएका हुन् । तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने उपलब्ध नभएकाले समावेश गरिएको छैन ।
प्रकाशित नयाँ ब्याजदर अनुसार नबिल बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौमा नबिलले बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत ब्याजदर र व्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
हिमालयन बैंक र नेपाल एसबिआईले पनि भदौमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
साउन महिनाको तुलनामा भदौमा एनएमबि बैंक, एनआईसी एशिया, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंकले ब्याजदर घटाएका छन् । भदौमा एनएमबि बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, एनआईसीे बैंकले संस्थगततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ ६.९२ प्रतिशत र संस्थागततर्फ ८.९२ प्रतिशत ब्याजदर तोकेका छन् ।
साउनको तुलनामा भने ग्लोबल आइएमई, एभरेष्ट, प्रभु, सिद्धार्थ, सिटिजन बैंक, कुमारी, सानिमा, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर बढाएका छन् ।
भदौ महिनाका लागि ग्लोबल आइएमईले संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत, एभरेष्ट संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत, प्रभुले एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत, सिद्धार्थले ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत, सिटिजनले संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् ।
कुमारी, सानिमा, कृषि विकास र नेपाल बैंकले भने समान संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।
माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ १०.४ प्रतिशत प्रतिशत ब्याज प्रदान गर्ने उल्लेख गरेका छन् ।







