काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको चालू खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष यस्तो बचत ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब १ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ६ अर्ब ३३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।
यसैगरी, समीक्षा अवधिमा २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ३७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ।





