चन्द्रागिरी हिल्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नाफामाउछाल आएको छ ।

सो अवधिसम्म कम्पनीको खुद नाफा ७९६.४१ प्रतिशतले बढे १५ करोड ११ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमनमा उल्लेख्य सुधार भएपछि कम्पनीको आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *