नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । साउन २९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मलेकुलाई अध्यक्षमा नियुक्त गरेको हो ।

ना बैठकले मलेकु र पुकार थापालाई सञ्चालक पदमा नियुक्त गरेको थियो। मलेकु संस्थापक समूह र थापा सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त भएका हुन्।

यसअघि अध्यक्ष रहेका रामप्रसाद रूपाखेती र सञ्चालक रमेश पौडेलले राजीनामा दिएका थिए। उनीहरूले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृति भइसकेको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *