१२.११ प्रतिशतले बढ्यो छिमेक लघुवित्तकाे नाफा, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म छिमेक लघुवित्त वित्तीय संस्थाले खुद नाफा बढाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

सो अवधिसम्म लघुवित्तको खुद नाफा १२.११ प्रतिशतले बढेर १ अर्ब ६ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५.७१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

२ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ अर्ब ९२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिसेयर वितरणयोग्य मुनाफा ५१ रुपैयाँ १४ पैसा रहेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा ०.८३ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २१ करोडबाट बढेर ३४ करोड पुगेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा घटेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर ३७ रुपैयाँ ४५ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ।

सो अवधिसम्ममा लघुवित्तले ३५ अर्ब २७ करोड ५ लाख निक्षेप तथा सापटीबाट ३२ अर्ब ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *