

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन ४.११ प्रतिशतले घटेर १७ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १८ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ७ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ र बीमालेख धितोमा २१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरी २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक खर्ब ७ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४२ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७० पैसा, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३३०.९३ गुणा बढी रहेको छ ।
कम्पनीले यस अवधिमा ६ लाख ९३ हजार ९७२ वटा बीमालेख जारी गरेर १७ अर्ब ४६ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अर्थ सन्जाल