काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म २९ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ७ अर्ब १४ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ८ अर्ब ५१ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले जीवन बीमा कोषको आकार ३२ प्रतिशतले बढाएको छ। यस अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ३५ करोड रुपैयाँमात्रै सञ्चिति रहेको थियो।
यस अवधिमा कम्पनीले १ अर्ब ९० करोड खुद दाबी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ७६ करोड २० लाख र व्यवस्थापन खर्च बापत १ अर्ब ७ करोड खर्च गरेको छ ।
यस कम्पनीको हाल सम्म कुल कायम रहेको बीमालेखको संख्या ११ लाख ३० हजार ५७५ रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म कर्जा, लगानी तथा अन्यबाट हुने आम्दानीसमेत ११.९३ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ।
हाल चुक्तापुँजी ४ अर्ब ५४ करोड रहेको छ कम्पनीको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको महाविपत्ती कोषमा ३२ करोड ९७ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ रहेको छ भने नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ६०.२३ गुणा रहेको छ ।






