माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एण्ड पे’ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक EMV Standard मा आधारित Tokenized प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा contactless offline “Tap and Pay” सेवा सुरु गरेको छ ।

Tokenization लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट POS मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन MBL M-Smart बचत प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा NFC सपोर्ट गर्ने Android मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।

बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दै F1soft International Pvt. Ltd., Nepal Clearing House Limited (NCHL) / Citytech Pvt. Ltd.सँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो ।

बैंकले Tokenization लाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडी बढीरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ । यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले “Tap and Pay” सेवा यस बैंकले संचालनमा ल्याएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *