

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावमा उपचार नपाएर कोही नेपालीले मर्नु नपर्ने बताएका छन् । मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले द्वन्द्व कालका घटनामा घाइते भएकाहरूको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरूलाई निरन्तर अनुगमन गरिरहेको पनि जानकारी दिएका छन् । अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उबस्नेतको दाबी छ। मन्त्री बस्नेतले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको बताए ।
Artha Sanjal

अर्थ सन्जाल