सम्पदा लघुवित्तको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्णबहादुर थापाले आफ्नो स्वामित्वमा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यसका लागि इच्छुक सेयरधनीले संस्थाको केन्द्रीय कार्यालय गैँडाकोट–५, नवलपरासी मा लिखित जानकारी गराउनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न इच्छुक रहेको लिखित जानकारी प्राप्त नभएमा प्रचलित व्यवस्थाअनुसार सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *